काठमाडौँ । सोमबारको भएको प्रदर्शनमा जेनजी पक्षका १९ जनाको ज्यान गएपछि र लगभग चार सय जना घाइते भए पछि मंगलबार जेनजीको प्रदर्शन थप आक्रामक भएको छ ।
काठमाडौँको कलंकीमा बिहानैदेखि टायर बालेर जेनजी पक्षले प्रदर्शन गरेका छन् । सो क्रममा ठाउँ ठाउँमा प्रहरीसँग झडप समेत भएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्कन थालेका छन् ।
भष्टाचार विरुद्धको अभियानमा जेनजीहरुले गरेको प्रदर्शनमा सरकार पक्षले दमन र हस्तछेप गरेपछि यसको विरुद्धमा देशभर प्रतिकार जेनजी पक्षले गरेका छन्।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend