काठमाडौँ, २४ भदौः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत पदबाट राजीनामा दिएको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको राससलाई जानकारी दिनुभयो ।
देश र जनतासमक्ष क्षमायाचना गर्दै आफूले पदबाट राजीनामा गरेको मन्त्री अधिकारीले बताउनुभयो ।
R.S.S
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend