logo

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्री ओलीको बालकोटको घरमा आगजनी

प्रधानमन्त्री ओलीको बालकोटको घरमा आगजनी


खबर सर्कल
  • मंगलबार, २४ भाद्र २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी भएको छ ।  प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष समेत रहेका ओली निवासमा मंगलबार आगजनी गरेका हुन्।

    प्रदर्शनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी चौकी, पार्टी कार्यालयमा निशाना बनाउँदै आएका छन् । उनीहरुले एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय, कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, सञ्चारमन्त्री पृथ्वीसुव्वा गूरुङलगायतको निवासमा आगजनी र तोडफोड भइसकेको छ ।

    त्यस्तै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र एमाले महासचिव शङ्कर पोखरेलको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend