logo

२०८३ कार्तिक १० सोमबार

संवादबाट समाधान खोज्न प्रधानन्त्रीको आग्रह, सर्वदलीय बैठक आव्हान

संवादबाट समाधान खोज्न प्रधानन्त्रीको आग्रह, सर्वदलीय बैठक आव्हान


खबर सर्कल
  • मंगलबार, २४ भाद्र २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, २४ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीेले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले आज अपिल जारी गर्दै सोमबार राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै “कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो”, भन्नुुभएको छ ।

    “उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ः०० बजे संर्वदलीय बैठक आह्वान गरेको छुु ।’’, प्रधानमन्त्री ओलीले “सम्पूर्ण दाजुुभाइ दिदीबहिनीहरुलाई यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछुु ’’, अपिलमा भन्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend