logo

२०८३ कार्तिक १० सोमबार

भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चार जना पक्राउ

भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चार जना पक्राउ


खबर सर्कल
  • बुधबार, २५ भाद्र २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, २५ भदौः देशैभर नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपश्आज आज बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म महाराजगस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् ।

    त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपछि छाडेर भागेको नेपाली रु दुई लाख ३२ हजार ५०० र दुई हजार ५०० डलर बरामद गरिएको सेनाले आज जनाएको छ ।

    सेनाले विज्ञप्तिमार्फत सुरक्षाकर्मीबाट लुटिएका थप हतियार एक नालसहित हालसम्म जम्मा ३२ नाल बरामद भएको जनाएको छ ।

    साथै डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौँ डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकिएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend