म्याग्दी (बेनी), २६ भदौः बेनीनगरपालिका–४ तातोपानीस्थित लेतेखोलामा आएको बाढीले एक होटल क्षतिग्रस्त भएको छ ।
रातभर परेको अविरल वर्षाका कारण आएको बाढीले आज बिहान श्रीस होटेल क्षतिग्रस्त बनेको हो । ठाडोखोलामा आएको बाढीले होटलको सबै संरचना पुरिएको प्रहरीले जनाएको छ ।
बेनी नगरपालिका–४ का वडासदस्य समेत रहनुभएका होटल सञ्चालक प्रेम श्रीसले होटलभित्र रहेका सबै सामान पूर्ण रुपमा क्षति भएको जानकारी दिनुभयो । बाढीले सडक समेत अवरुद्ध बनाएको छ ।
R.S.S
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend