logo

२०८३ कार्तिक १० सोमबार

चितवनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

चितवनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी


खबर सर्कल
  • बिहिबार, २६ भाद्र २०८२
  • 1.5K
    SHARES

    चितवन, २६ भदौः जिल्लामा लगाइएको कफ्र्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको छ ।

    आज बिहान ६ः०० बजेदेखि कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन् ।

    निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने उहाँले बताउनुभयो । अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ ।

     

    R.S.S

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend