logo

२०८३ कार्तिक १० सोमबार

नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दी पक्राउ

नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दी पक्राउ


खबर सर्कल
  • बिहिबार, २६ भाद्र २०८२
  • 1.5K
    SHARES

    नेपालगन्ज, २६ भदौः बाँकेको नौवस्ता कारागारबाट भागेका सात कैदीबन्दीलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको छ । उनीहरुमध्ये एक जनाले इलाका प्रहरी कार्यालय, कोहलपुरमा आत्मसर्मपण गरेका छन् भने अन्य छ जनालाई जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको कारागारका जेलर जालन्धर भुसालले जानकारी दिनुभयो ।

    “प्रहरी कार्यालयमा रहेकालाई पनि आजै कारागारमा ल्याउने तयारी भएको छ,” उहाँले भन्नुभयो । दुई दिनअघि मात्रै कारागारबाट १४७ कैदीबन्दी फरार भएका थिए । कारागारमा ५८५ कैदीबन्दी थिए । जेलर भुसालले फरार भएका कैदीबन्दीको खोजी भइरहेको बताउनुभयो ।

    दुई दिनअघि नौवस्तास्थित बालसुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु समेत भएको थियो । सो घटनामा अन्य सात जना घाइते भएका थिए । जिल्लाको नौवस्ता कारागारको बालसुधार गृहबाट ७६ र डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट १२२ बालबन्दी भागेका थिए ।

    जयन्दु बालसुधार गृहमा २२८ जना बालबन्दी थिए ।

     

    R.S.S

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend