logo

२०८३ कार्तिक १० सोमबार

लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति


खबर सर्कल
  • बिहिबार, २६ भाद्र २०८२
  • 1.3K
    SHARES

    म्याग्दी, २६ भदौः जिल्लाको बेनी नगरपालिका-४ सिङ्गा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान आएको बाढीले एक रेष्टुरेष्ट पुरिएको छ ।

    दुईवटा घर, सामुदायिक भवन र मन्दिरमा बाढी पसेर क्षति भएको छ । प्रेम श्रीसले सञ्चालन गर्नुभएको श्रीस होटल बाढीले पूर्ण रूपमा पुरिएको बेनी-४ का वडाअध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय मनकुमारी कार्की र सोविता कार्कीको घरभित्र बाढी पसेको छ ।

    तातोपानी कृषि सहकारी संस्था र भगवती मन्दिरभित्र बाढी पसेको छ । बाढीले मङ्गाला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडक अवरुद्ध बनाएको खड्काले जानकारी दिनुभयो । घरभित्र रहेका स्थानीय बाढी आउन थालेपछि भागेर ज्यान जोगाएका छन् ।

    अहिले जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय डोजरको सहायतामा बाढी नियन्त्रणमा जुटेका छन् । बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयले दुईवटा डोजर परिचालन गरेका छन् । स्थानीयवासीले सामुदायिक भवन र मन्दिरभित्र पसेको बाढी पन्छाउन श्रमदान गरेका छन् ।

    एक सय ३० थान ग्याबियन जाली लगाउन थालिएको छ । तटबन्धका लागि बुधबार साँझ त्यहाँ लगेर राखिएको ग्याबियन जाली पनि बाढीले पुरेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend