logo

२०८३ कार्तिक १० सोमबार

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने


खबर सर्कल
  • शुक्रबार, २७ भाद्र २०८२
  • 1.5K
    SHARES

    सिमकोट (हुम्ला), २७ भदौः बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

    विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो । कम्पनीका अनुसार वर्ष चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णबहादुर थापा मगरले भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गरिने जानकारी दिनुभयो ।

    उहाँका अनुसार खाद्यान्न र चिनीमा प्रतिकेजी रु ५ छुट दिइनेछ भने तेलमा प्रतिलिटर रु सात छुट दिइनेछ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend