logo

२०८३ कार्तिक १० सोमबार

प्रशासनको सक्रियताले कैदीबन्दी भाग्न पाएनन्

प्रशासनको सक्रियताले कैदीबन्दी भाग्न पाएनन्


खबर सर्कल
  • शुक्रबार, २७ भाद्र २०८२
  • 1.2K
    SHARES

    वीरगञ्ज (पर्सा), २७ भदौः स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियताको कारणले वीरगञ्ज कारागारमा रहेका कैदीबन्दी भाग्न पाएनन् ।

    मुलुकभरका अधिकांश कारागारबाट कैदीबन्दी भाग्दा पनि एक हजार ३०० भन्दा बढी कैदीबन्दीलाई सुरक्षित ढङ्गले कारागारामा नै राख्न सफल भएको वीरगञ्ज कारागारले जनाएको छ । कारागार कार्यालयका प्रशासक बाबुलाल रेग्मीका अनुसार मङ्गलबार रातिदेखि नै कैदीबन्दीले कारागारभित्रको सिसीक्यामेरा फुटाउने, भत्रका संरचना ध्वस्त पार्ने र तीन ठाउँबाट कारागारको पर्खाल भत्काएर भाग्ने कोसिस गरे पनि तत्कालै नियन्त्रणमा लिन सकिएको बताउनुभयो ।

    “कैदीबन्दीले तीन स्थानबाट पर्खाल भत्काएर कारागारबाट भाग्ने प्रयास गरेका थिए”, उहाँले भन्नुभयो, “पटक–पटक उम्कने प्रयास गरेका थिए । तर भाग्न सकेनन् । मानवीय क्षति हुनबाट पनि जोगायौँ ।” कारागार प्रशासक रेग्मीले सम्पूर्ण कैदीबन्दी पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिनुभयो ।

    पर्साका प्रहरी प्रमुख गौतम मिश्रले हवाई फायर तथा घुँडामुनि गोली चलाएर कैदीबन्दीलाई नियन्त्रणमा लिन सकिएको बताउनुभयो । अहिले वीरगञ्ज कारागारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटिएका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend