logo

२०८३ कार्तिक १० सोमबार

नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध छः प्रधानमन्त्री मोदी

नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध छः प्रधानमन्त्री मोदी


खबर सर्कल
  • शनिबार, २८ भाद्र २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, २८ भदौः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउँदै अन्तरिम सरकारको प्रधानमन्त्री हुनुभएकामा श्रीमती सुशीला कार्कीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

    सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री कार्कीले कार्यभार सम्हाल्नुभएकामा शुभकामना व्यक्त गर्दै भारतका प्रधानमन्त्रीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउनुभएको हो ।

    एक्समा भारतका प्रधानमन्त्रीले लेख्नुभएको छ, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकामा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना ।

    नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।”

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend