logo

२०८३ कार्तिक १० सोमबार

पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालनमा आउने

पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालनमा आउने


खबर सर्कल
  • शनिबार, २८ भाद्र २०८२
  • 1.6K
    SHARES

    गण्डकी, २८ भदौ : ‘जेनजी’ प्रदर्शनका कारण बन्द भएका पोखरा महानगरपालिकाका विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।

    पोखरा महानगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकको निर्णयानुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखा निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिनुुभयो ।

    यसैगरी, यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ ।

    जिल्लामा विकसित घटनाक्रम र शान्तिसुरक्षाको अवस्थालाई विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा र कर्फ्यू आदेश आजै बिहान ९ः०० बजेदेखि हटाइएको छ ।

    कर्फ्यू र निषेधाज्ञा हटेसँगै सार्वजनिक यातायात र बजार क्षेत्र सञ्चालनमा आउन थालेका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend