logo

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्री कार्कीलाई चीनद्वारा बधाई, सहकार्यको प्रतिबद्धता

प्रधानमन्त्री कार्कीलाई चीनद्वारा बधाई, सहकार्यको प्रतिबद्धता


खबर सर्कल
  • आइतबार, २९ भाद्र २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, २९ भदौः चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेको छ । साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    नेपालको अन्तरिम प्रधानमन्त्रीका रूपमा उहाँले शुक्रबार शपथ लिएको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्तासँग पत्रकारले गरेको प्रश्नको जवाफमा चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो ।

    चीन र नेपालबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै विदेश मन्त्रालयका प्रवक्ताले सदा झै चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताउनुभएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ ।

    “हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौँ,” उहाँले भन्नुभएको दूतावासको कथन छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend