logo

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यार्पण

प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यार्पण


खबर सर्कल
  • आइतबार, २९ भाद्र २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, ३० भदौः नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यार्पण गर्नुभएको छ । उहाँले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यार्पण गर्नुभएको हो ।

    प्रधानमन्त्री कार्की माल्यार्पणपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend