logo

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्री कार्कीद्वारा पदबहाली

प्रधानमन्त्री कार्कीद्वारा पदबहाली


खबर सर्कल
  • आइतबार, २९ भाद्र २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, २९ भदौः नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्नुभएको छ । यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी उहाँले गृहमन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गर्नुभएको हो ।

    सो अवसरमा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । पदबहालीपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिवसहित सचिवहरूसँग मन्त्रालयको कार्यविवरणका सम्बन्धमा जानकारी लिनुभएको थियो ।

    यही भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend