logo

२०८३ कार्तिक १० सोमबार

दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा


खबर सर्कल
  • आइतबार, २९ भाद्र २०८२
  • 1.6K
    SHARES

    काठमाडौँ, २९ भदौः विराटनगर महानगरपालिका–१५ बाट दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो । प्रहरीले मे.१ च ५८२६ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाइएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend