logo

२०८३ कार्तिक १० सोमबार

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध


खबर सर्कल
  • सोमबार, ३० भाद्र २०८२
  • 1.4K
    SHARES

    गलकोट (बागलुङ), ३० भदौः अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

    राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो ।

    पहिरोका कारण उक्त खण्डमा यातायात सेवा ठप्प भएको छ । कालाखोला छेत्रमा यसअघि पनि पहिरो खसेको थियो ।

    पहिरोका कारण खुलाउन समस्या भइरहेको छ । कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउन प्रयास गर्ने प्रहरीको भनाइ छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend