logo

२०८३ कार्तिक १० सोमबार

बिर्तामोड नगरपालिकामा सरसफाइ

बिर्तामोड नगरपालिकामा सरसफाइ


खबर सर्कल
  • मंगलबार, ३१ भाद्र २०८२
  • 1.3K
    SHARES

    बिर्तामोड (झापा), ३१ भदौः जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका कार्यालयमा आजदेखि सरसफाइ सुरु गरिएको छ । नगरका जनप्रतिनिधि र कर्मचारीले संयुक्तरूपमा सरसफाइ थालेका हुन् ।

    नगरपालिकाको तीन भवनमध्ये दुई भवनमा आगजनीबाट क्षति पुगेको छ । पुरानो गाविस भवन, नगरपालिका बनेपछि प्रयोगमा आएको नयाँ भवन र गत महिना मात्रै निर्माण गरिएको भवनमा क्षति पुगेको थियो ।

    आगजनीबाट भवनभित्र रहेका कागजात, फर्निचर, विभिन्न विद्युतीय उपकरणलगायत सामान नष्ट भएका छन् । नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक नगेन्द्रकुमार सङ्ग्रौलाले प्रारम्भिक अनुमान अनुसार करिब रु पाँच करोडको क्षति भएको जानकारी दिनुभयो । भवनसँगै कागजात जलेर नष्ट भएपछि सेवाप्रवाहमा कठिनाइ भएको बताउनुभयो ।

    सेवा पुनः सुरु गर्ने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बताउनुभयो । नगरपालिकाले क्षतिको विवरण सङ्कलन गर्न थालेको छ । तत्काल सेवा सञ्चालनका लागि आवश्यक सहयोग गर्न प्रदेश तथा सङ्घीय सरकारसँग आग्रह गरेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend