logo

२०८३ कार्तिक १० सोमबार

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन


खबर सर्कल
  • मंगलबार, ३१ भाद्र २०८२
  • 1.5K
    SHARES

    गण्डकी, ३१ भदौ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरी क्षति पु¥याइएका प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका संरचनाको आज अवलोकन गर्नुभएको छ ।

    अवलोकनका क्रममा उहाँले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउँदै जाने र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा पुनःनिर्माण गरिने बताउनुभयो । सुरक्षा निकाय र सेवाग्राही बढी आउने कार्यालयबाट तत्काल नियमित सेवा प्रवाह हुने वातावरण निर्माण गरिने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

    जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति दुःख व्यक्त गर्दै उहाँले नेपाललाई कमजोर र असफल पार्न खोज्ने तत्वले विध्वसं मच्चाएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पाण्डेले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि सबै पक्षबीच एकता र सहकार्यको जरूरी रहेको बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend