logo

२०८३ कार्तिक १० सोमबार

नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते


खबर सर्कल
  • मंगलबार, ३१ भाद्र २०८२
  • 1.4K
    SHARES

    बागमती, ३१ भदौः पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेना सवार ट्रक दुर्घटना हँुदा १६ जना घाइते भएका छन् ।

    नम्बर २ राजदल गण तनहुँबाट उपसेनानी हर्षविक्रम अधिकारीको कमाण्डमा धनुषातर्फ जाँदै गरेको लु१ग २८० नं को ट्रक चुरियामाईस्थित पुलबाट १२ फिट तल खोल्सामा खस्दा १६ जना घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend