logo

२०८३ कार्तिक १० सोमबार

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध


खबर सर्कल
  • बुधबार, १ असोज २०८२
  • 1.4K
    SHARES

    गलकोट (बागलुङ), १ असोजः अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरो खस्दा आज बिहानैदेखि सडक अजरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो ।

    पहिरोका कारण उक्त खण्डमा यातायात पूर्ण रूपमा सञ्चालन ठप्प भएका छन् ।

    ठूलो पहिरोका कारण सडक खुलाउन समस्या भइरहेको जनाउँदै उहाँले कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकासँगको समन्वयमा वर्षा रोकिएपछि सडक खुलाइने बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend