logo

२०८३ कार्तिक १० सोमबार

आजदेखि मनकामना केबलकार सञ्चालन

आजदेखि मनकामना केबलकार सञ्चालन


खबर सर्कल
  • बुधबार, १ असोज २०८२
  • 1.4K
    SHARES

    मुग्लिन (चितवन), १ असोजः मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो ।

    सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको उहाँले बताउनुभयो ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामनामाईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो । यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा पर्दछ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend