logo

२०८३ कार्तिक १० सोमबार

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट


खबर सर्कल
  • बुधबार, १ असोज २०८२
  • 1.5K
    SHARES

    दाङ, १ असोजः जेनजी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारीसाधन जलेर नष्ट भएका छन् । दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार ४४ वटा चारपाङ्ग्रे पूर्ण रूपमा क्षति भएका छन् । टिपर, ट्र्याक्टर, स्काभेटर, टेलर, लोडर, दमकललगायत सवारीसाधन जलेको उहाँको भनाइ छ ।

    त्यसैगरी १३३ पूर्ण रूपमा क्षति भएका मोटरसाइकलमा ८३ वटा सरकारी, ४७ निजी, तीन थान निजी स्कुटर र १० वटा साइकल रहेका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उच्च अदालत तुलसीपुरका पाँच वटा सवारीसहित तीनवटा निजी मोटसाइकल जलेर नष्ट भएका छन् । तुलसीपुर उपमहानगरमा छ थान सरकारी, एक थान निजी सवारीसहित एक थान दमकल, मोटरसाइकललगायत सवारी जलेर क्षति भएका छन् ।

    घोराही उपमहानगरमा दुईवटा गाडी र सात वटा मोटरसाइकल जलेर नष्ट भएका छन् भने आन्तरिक राजस्व कार्यालय तुलसीपुरका दुईवटा गाडी र पाँच वटा मोटरसाइकल जलेका छन् । लोकसेवा आयोग तुलसीपुरका दुईवटा गाडी र मोटरसाइकल पाँच वटा जलेका छन् ।

    बबई गाउँपालिकाका नौ मोटरसाइकलमध्ये छ वटा सरकारी र तीन वटा निजी रहेका छन् । जिल्ला समन्वय समितिका तीन गाडी र १८ वटा मोटरसाइकल जलेर नष्ट भएका छन् ।

    जिल्ला ट्राफिक कार्यालय दाङका दुईवटा गाडी, २९ मोटरसाइकल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका एक थान गाडी र आठ वटा सरकारी मोटरसाइकल जलेर नष्ट भएका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिनुभयो ।

    भू तथा जलाधार संरक्षण कार्यालय तुलसीपुर, प्रदेश निर्वाचन कार्यालय, सडक विभाग तथा पूर्वाधार कार्यालयसहित जिल्लामा दुई दर्जन बढी सरकारी कार्यालयका सवारीसाधन जलेर नष्ट भएका छन् । त्यसैगरी ३४ भन्दाबढी संरचना क्षतिग्रस्त भएका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend