logo

२०८३ कार्तिक १० सोमबार

जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभाका कुलुङको अन्त्येष्टि

जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभाका कुलुङको अन्त्येष्टि


खबर सर्कल
  • बुधबार, १ असोज २०८२
  • 1.6K
    SHARES

    किमाथाङ्का (सङ्खुवासभा), १ असोजः जेनजीले गरेको प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीन कुलुङको अन्त्येष्टि गरिएको छ । काठमाडौँमा भएको प्रदर्शनका क्रममा कुलुको गोली लागेर मृत्यु भएको थियो ।

    उहाँको आज दिउँसो सिलिचोङ–३ स्थिल लकुवामा अन्त्येष्टि गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिनुभयो । नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरबाट कुलुङको शव आज बिहान सिलिचोङ ल्याइएको थियो ।

    प्रतिकूल मौसमका कारण कुलुङको शव मङ्गलबार ल्याउन नसकिएपछि विराटनगरमै राखिएको थियो । कुलुङको सिलिचोङ–३ स्थित लकुवामा संस्कारअनुसार अन्त्येष्टि गरिएको सो गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताउनुभयो ।

    अन्त्येष्टि अघि सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा गाउँपालिका अध्यक्ष मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गर्नुभएको थियो ।

    त्यसपछि कुलुङको शव यात्रासहित जन्म गाउँ लकुवामा लगेर अन्त्येष्टि गरिएको हो । कुलुङ स्थानीय सगरमाथा माध्यमिक विद्यालयमा १० कक्षा उत्तीर्ण गरे केही वर्षदेखि काठमाडौँमा बस्दै आउनुभएको थियो ।

    उहाँले काठमाडौँमा वैदेशिक रोजगारीमा जानका लागि कोरियन भाषा पढ्दै हुनुहुन्थ्यो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend