logo

२०८३ कार्तिक १० सोमबार

‘अप्टिकल फाइबर’ तार चोरी गरेको अभियोगमा पाँच जना पक्राउ

‘अप्टिकल फाइबर’ तार चोरी गरेको अभियोगमा पाँच जना पक्राउ


खबर सर्कल
  • बिहिबार, २ असोज २०८२
  • 1.4K
    SHARES

    भद्रपुर (झापा), २ असोजः यहाँको मेचिनगर नगरपालिका–५ नकलबन्दाबाट पाँच बोरा ‘अप्टिकल फाइबर’ टेलिफोन तार भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

    बुधबार गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय नकलबन्दाको टोलीले तार चोरी गरी लैजादै गरेको शंका लागेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला पानिट्याङकी बस्ने २४ वर्षीय कार्तिक अधिकारी, ३४ वर्षीय राहुल अधिकारी, झापा बुद्धशान्ती गाउँपालिका सितलवस्ती बस्ने २५ वर्षीय विजय राजवंशी, इलाम माई नगरपालिका–३ जौबारी बस्ने २७ वर्षीय दिनेश परियार र झापा कचनकबल गाउँपालिका–३ डाँगीबारी बस्ने ४२ वर्षीय सञ्जय माझी रहेका छन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend