logo

२०८३ कार्तिक १० सोमबार

पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन

पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन


खबर सर्कल
  • शुक्रबार, ३ असोज २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, ३ असोज: सरकारले पुँजीबजारमा देखिएका समस्या पहिचानका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

    अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार पुँजीबजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना (रोडम्याप) पेस गर्न कार्यदल गठन गरिएको हो ।

    धितोपत्र बोर्डका कायममुकायक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन भएको हो । कार्यदलको सदस्यमा नेपाल राष्ट्र बैङ्कका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कायममुकायम कार्यकारी निर्देशक निरन्जन भट्टराई र अर्थ मन्त्रालयका उपसचिव शरद् निरौला सदस्य सचिब रहनुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend