logo

२०८३ कार्तिक १० सोमबार

नयाँबसपार्कमा यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण

नयाँबसपार्कमा यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण


खबर सर्कल
  • शनिबार, ४ असोज २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, ४ असोजः गोँगबुस्थित नयाँबसपार्कमा चाडपर्वमा घर जाने यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ महानगरपालिकाले यात्रु सहायताकक्षबाटै निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

    काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभागका सिनियर अहेव दमनबहादुर नेगीले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्यजाँच सुरु गरेको जानकारी दिनुभयो ।

    महानगरपालिकाले उक्त कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधि वितरण गरिरहेको सिअहेव नेगीले बताउनुभयो । उक्त सेवा दसैँभरि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

    उक्त कक्षको आज काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारी र काठमाडौँ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुभारम्भ गर्नुभयो ।

    नयाँबसपार्कमा हुने भीडभाड नियन्त्रणका लागि महानगर प्रहरीसमेत परिचालन गरिएको छ । उक्त प्रहरीले भीडभाड नियन्त्रणका साथै यात्रुहरुलाई सहजै रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सहजीकरण गर्नेछ ।

    नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँबसपार्कमा चाडपर्वका लागि घर जाने यात्रुहरु बढेको बताउनुभयो ।

    उहाँले अरू समयमा प्रत्येक दिन चारदेखि पाँच हजार यात्रु जाने गरेकामा हाल उक्त सङ्ख्या तेब्बरसम्म पुगेको बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend