logo

२०८३ कार्तिक १० सोमबार

सात दिनपछि खुल्यो बागलुङ-सिगाना-बरेङ सडक

सात दिनपछि खुल्यो बागलुङ-सिगाना-बरेङ सडक


खबर सर्कल
  • आइतबार, ५ असोज २०८२
  • 1.5K
    SHARES

    गलकोट (बागलुङ), ५ असोजः गत भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ-सिगाना-बरेङ शान्तिपुर सडक सात दिनपछि सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका-८ सिगानामा सडक माथिबाट खसेको ठूलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन् ।

    चट्टानसहितको ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो । आजदेखि सडक सञ्चालन भएसँगै यात्रु गन्तव्यमा लागेका छन् । उक्त सडक ‘एक निर्वाचन क्षेत्र एक सडक’अन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको १० किमी कालोपत्र भएको थियो । सडक डिभिजन कार्यालय बागलुङले कर्ण विल्र्डसलाई ठेक्कामार्फत सडक कालोपत्र गर्न दिएको थियो ।

    कार्यालय र निर्माण व्यवसायीको सहयोगमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । पहिरोका कारण पुरिएको गोठबाट मृत अवस्थामा भैँसी निकालिएको उहाँले बताउनुभयो ।

    क्षतिग्रस्त घरबाट सामग्री स्थानान्तरण कार्यमा नगरपालिकाले नगरप्रहरीका साथै डोजर प्रयोग गरेर तत्कालै सहजीकरण गरेको खड्काले उल्लेख गर्नुभयो । उहाँका अनुसार सडक डिभिजन कर्यालयको सहजीकरणमा लगातार पाँचदिन स्काभेटर प्रयोग गरेर पहिरो पन्छाइएको हो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend