logo

२०८३ कार्तिक १० सोमबार

नवरात्रको पहिलो दिन गरियो शैलपुत्री देवीको पूजाआराधना

नवरात्रको पहिलो दिन गरियो शैलपुत्री देवीको पूजाआराधना


खबर सर्कल
  • सोमबार, ६ असोज २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, ६ असोज : नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरेका छन् ।

    घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजाआराधना गरिएको हो । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाका नौ मूर्तिमध्येको एक हो ।

    गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराण आदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजाआराधना गरिन्छ ।

    हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उहाँको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ । आज घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा बिहानैदेखि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend