logo

२०८३ कार्तिक १० सोमबार

अत्यावश्वक सेवा रोकिँदैनः मुख्यमन्त्री आचार्य

अत्यावश्वक सेवा रोकिँदैनः मुख्यमन्त्री आचार्य


खबर सर्कल
  • मंगलबार, ७ असोज २०८२
  • 1.6K
    SHARES

    राँझा (बाँके), ७ असोजः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश अन्तर्गतका कार्यालयहरुबाट अत्यावश्यक सेवा नरोकिने बताउनुभएको छ ।

    आज बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमनका क्रममा उहाँले कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोग गरिरहेको बताउनुभयो ।

    “जेनजी प्रदर्शनका क्रममा बाँकेका सरकारी संरचना ध्वस्त छन्”, उहाँले भन्नुभयो ।” प्रदर्शनका क्रममा प्रदेशमा करिब दुई खर्ब बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र पाल टाँगेर भए पनि सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend