logo

२०८३ कार्तिक १० सोमबार

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो


खबर सर्कल
  • मंगलबार, ७ असोज २०८२
  • 1.5K
    SHARES

    मलेखु (धादिङ), ७ असोजः अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ । बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि पहिरो पन्छाए पनि जोखिम टरिसकेको छैन ।

    डोजरले पन्छाउँदै जाने पहिरो थपिँदै गर्ने क्रम चलिरहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिनुभयो । रोकिएका सवारीहरु आफ्नो गन्तव्यतर्फ लागेका छन् । यस क्षेत्रमा सवारीको चाप उच्च भएकोले जामको समस्या पनि छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend