logo

२०८३ कार्तिक १० सोमबार

आज अन्तरराष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस

आज अन्तरराष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस


खबर सर्कल
  • शुक्रबार, १० असोज २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, १० असोजः आज अन्तरराष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा मनाइँदै छ ।

    सन् २०१३ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । यद्यपि विश्वव्यापी आणविक निःशस्त्रीकरणका निम्ति राष्ट्रसङ्घीय महासभामा सन् १९४६ मा पहिलो प्रस्ताव पेस भएको थियो । राष्ट्रसङ्घका अनुसार आज पनि विभिन्न देशमा करिब १२ हजार २४१ आणविक हतियार बाँकी छन् ।

    यस अवसरमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आणविक हतियार भएका राष्ट्रहरूलाई हतियारहरूको पूर्ण उन्मूलनको लागि प्रतिबद्ध हुन आह्वान गर्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend