logo

२०८३ कार्तिक १० सोमबार

खाद्यले यसपटक दसैँमा खसी बोका नबेच्ने

खाद्यले यसपटक दसैँमा खसी बोका नबेच्ने


खबर सर्कल
  • शुक्रबार, १० असोज २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, १० असोजः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेनजी आन्दोलनका कारण यसवर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ ।

    कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको हुनसक्ने भन्दै व्यवस्थापनमा समस्या देखाउँदै खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने जनाएको छ । कम्पनीले आन्दोलन अगाडि करिब दुई हजार खसी–बोका र च्याङ्ग्रा खरिद बिक्रीका लागि प्रक्रिया सुरु गरे पनि पछिल्लो अवस्थाका कारण कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सचिवस्तरीय बैठकबाट खरिद तथा बिक्री कार्य नगर्ने निर्णय गरेको थियो ।

    सोहीअनुसार यसपटक खरिद बिक्री रोकिएको कम्पनीकी बागमती प्रदेश प्रमुख धर्मकुमारी राजबंशीले जानकारी दिनुभयो । खसीबोका खरिद गर्न चाहने केही उपभोक्ताले अनलाइनमार्फत गरेको बुकिङ रद्ध गरी रकम फिर्ताको प्रक्रिया सुरु भएको पनि उहाँले बताउनुभयो ।

    कम्पनीले दसैँमा खसी बोका तथा च्याङ्ग्राको स्वास्थ्यपरीक्षण, खरिद तथा ढुवानी लागत मूल्याङ्कन गरी सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै आएको थियो । बजारको एकाधिकार अन्त्य गर्न कम्पनीले निर्धारण गर्ने मूल्यले बजारमा मूल्य नियन्त्रणमा सकारात्मक प्रभाव पार्ने गरेको थियो । दसैँमा काठमाडौँ उपत्यकामा मात्रै करिब ५० हजार खसी बोकाको अतिरिक्त माग हुने गरेको जनाइएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend