logo

२०८३ कार्तिक १० सोमबार

जुम्लाको गुठिचौरमा घोडा दौड प्रतियोगिता हुने

जुम्लाको गुठिचौरमा घोडा दौड प्रतियोगिता हुने


खबर सर्कल
  • आइतबार, १२ असोज २०८२
  • 1.5K
    SHARES

    जुम्ला, १२ असोजः यहाँको गुठिचौर गााउँपालिका-२ स्थित गुठिचौरमा जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता हुने भएको छ । गुठिचौर-२ को आर्थिक सहयोग, कर्णाली खेलकुद क्लब र गुठिचौर युवा क्लबको संयुक्त आयोजनामा यही असोज १३ गते फूलपातीका दिन घोडा दौड प्रतियोगिता हुन लागेको हो ।

    यहाँका घोडाको संरक्षण गर्नुका साथै पहिचान स्थापित गरी पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्यले पर्यटकीय क्षेत्र गुठिचौरमा तेस्रो पटक जुम्ली घोडाको प्रतियोगिता हुने गुठीचौर गाउँपालिका-२ का वडाध्यक्ष दिपबहादुर ऐडीले जानकारी दिनुभयो ।

    दौड प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रोलार्ई रु १० हजार र तेस्रोलाई रु पाँच हजार राशि पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी हुने घोडाको सङ्ख्या सोही निर्धारण गरिने उहाँले बताउनुभयो ।

    वडाध्यक्ष ऐडीका अनुसार अहिले दर्ताका लागि सूचना जारी गरिएको छ । जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त दौड आयोजना गरिएको उहाँको भनाइ छ । “घोडा दौड प्रतियोगिता जुम्लाको पुरानो संस्कृति हो । हरेक वर्ष दसैँको फूलपातीको दिनमा घोडा दौड प्रतियोगिता हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

    यसअघि जुम्लाको विमानस्थलमा घोडा दौड प्रतियोSगिता हुँदै आएको थियो । विमानस्थल कालोपत्र भएयता घोडा दौड प्रतियोगिता गुठीचौरमा सञ्चालन हुँदै आएको गुठिचौर युवा क्लबले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend