logo

२०८३ कार्तिक १० सोमबार

प्रहरी सहायक हबल्दार गुरुङको परिवारलाई रु १५ लाख प्रदान

प्रहरी सहायक हबल्दार गुरुङको परिवारलाई रु १५ लाख प्रदान


खबर सर्कल
  • सोमबार, १३ असोज २०८२
  • 1.5K
    SHARES

    कास्की, १३ असोजः ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका प्रहरी सहायक हबल्दार अमृत गुरुङको परिवारलाई रु १५ लाख प्रदान गरिएको छ ।

    कास्कीको रुपा गाउँपालिका–५ रामादीका गुरुङलाई सरकारको तर्फबाट उपलब्ध गराउने सो आर्थिक सहायता रकम मृतक गुरुङका श्रीमती कान्तिलाई हस्तान्तरण गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

    सरकारले जेनजी प्रदर्शनका क्रममा मारिएका आन्दोलनकारी र सुरक्षाकर्मीका परिवारलाई रु १५ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय अनुसार सहयोग रकम हस्तान्तरण गरिएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

    प्रहरी सहायक हबल्दार गुरुङको काठमाडौँको प्रहरी प्रभाग कोटेश्वर कार्यरत रहेका बेला प्रदर्शनकारीको आक्रमणबाट गत भदौ २४ गते मृत्यु भएको थियो । उहाँ सात वर्षअघि प्रहरी सेवामा प्रवेश गर्नुभएको हो ।

    परिवारलाई आर्थिक सहायता र सहानुभति दिनका लागि प्रजिअ शर्मासहित रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रमुख नवीन कार्की लगायतका जिल्ला सुरक्षा समितिका सदस्यहरु घरमै पुग्नुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend