logo

२०८३ कार्तिक १० सोमबार

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री


खबर सर्कल
  • सोमबार, १३ असोज २०८२
  • 1.4K
    SHARES

    काठमाडौं, १३ असोजः प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    बडा दसैंका पावन अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा गठन भएको वर्तमान सरकार तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउन प्रतिबद्धता जनाउनुभएको हो । साथै उहाँले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताउनुभएको छ ।

    प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउनुहुने संसारभर छरिएर रहनुभएका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गर्नुभएको छ ।

    यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend