logo

२०८३ कार्तिक १० सोमबार

फरार कैदीबन्दीलाई असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह

फरार कैदीबन्दीलाई असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह


खबर सर्कल
  • सोमबार, १३ असोज २०८२
  • 1.4K
    SHARES

    चितवन, १३ असोजः कारागार कार्यालय चितवनले फरार कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै गत भदौ २५ गते कारागार कार्यालयबाट बाहिर निस्किएका कैदीबन्दीलाई यही असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह गरको हो ।

    कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाद्वारा जारी सूचनामा फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने जनाइएको छ ।

    कैदीबन्दी कतै रहेको जानकारी भए नजिकको प्रहरी कार्यालयलमा जानकारी गराएर सहयोग गरिदिनुहुनसमेत सूचनामा भनिएको छ । कारागार कार्यालयबाट गत भदौ २५ गते सात सय ४२ कैदीबन्दी भागेका थिए । जसमध्ये पाँच सय ६१ जना कारागारको सम्पर्कमा आएका छन् भने अन्य जिल्लामा रहेका कारागारमा आठजना सम्पर्कमा आएका छन् । साथै अन्य जिल्लाबाट भागेका १७ जना कैदीबन्दी यस कारागारमा सम्पर्कमा रहेको उहाँले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend