logo

२०८३ कार्तिक १० सोमबार

मनकामना केबलकार तीन दिन बन्द गरिने

मनकामना केबलकार तीन दिन बन्द गरिने


खबर सर्कल
  • बुधबार, १५ असोज २०८२
  • 1.3K
    SHARES

    मुग्लिन (चितवन), १५ असोजः मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिनुभयो । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend