logo

२०८३ कार्तिक १० सोमबार

मानव अधिकार आयोगमा एउटा मात्र उजुरी, अनुगमन जारी

मानव अधिकार आयोगमा एउटा मात्र उजुरी, अनुगमन जारी


खबर सर्कल
  • शुक्रबार, १७ असोज २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, १७ असोजः राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरस्थित आफ्नो केन्द्रीय कार्यालयसहित देशका ११ वटै कार्यालयमा दसैँ बिदामा पनि उजुरी दर्ता र आकस्मिक घटनामा अनुगमनलाई निरन्तरता दिएको छ ।

    आजसम्म जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लङ्घन भएको एउटा घटनाको उजुरी प्राप्त भएको र त्यसको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले राससलाई जानकारी दिनुभयो ।

    सार्वजनिक बिदा तथा चाडपर्वका बेला सर्वसाधारणको आवतजावतमा कठिनाइ हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुननदिन सरकारको ध्यानाकर्षण गराएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend