logo

२०८३ कार्तिक १० सोमबार

नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालन, पहिरो पन्छाउने र सवारीसाधन पार गराउने कार्य सँगसँगै

नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालन, पहिरो पन्छाउने र सवारीसाधन पार गराउने कार्य सँगसँगै


खबर सर्कल
  • शनिबार, १८ असोज २०८२
  • 1.4K
    SHARES

    मुग्लिन (चितवन), १८ असोज : पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन-नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

    धादिङ बेनिघाट रोराङ–१० जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको र चितवनको इच्छाकामना-५ तुइनखोला पुलमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

    पहिरो पन्छाने र सवारीसाधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न उहाँले आग्रह गर्नुभएको छ । पानी परिरहेको र ढुङ्गा-माटो झर्ने क्रम जारी रहेकाले उच्च जोखिम भने कायम रहेको प्रहरी जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend