logo

२०८३ कार्तिक १० सोमबार

अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

अवरुद्ध कटारी घुर्मी सडक खुल्यो


खबर सर्कल
  • मंगलबार, २१ असोज २०८२
  • 1.6K
    SHARES

    गाईघाट (उदयपुर), २१ असोज : अविरल वर्षात्ले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गकोे कटारी घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ ।

    गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो । इलाका प्रहरी कार्यालय कटारीका अनुसार सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएको थियो ।

    सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी घुर्मी भएर ओखलढुङ्गा खोटाङ यातायात आवतजावत सञ्चालन भएकोे इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईंले जानकारी दिनुभयो । उहाँले रात्रिकालीन समयमा सो मार्गमा सवारी सञ्चालन गर्न रोक लगाएको उहाँले बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend