रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने तयारी गरेको छ । त्यस विषयमा निर्णय लिन आज दिउँसो ३ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।
पछिल्लो राजनीतिक घटनाक्रमम र सरकारमा सहभागिताबारे निर्णय लिन बैठक बोलाइएको रास्वपा प्रवक्ता मुकुल ढकालले लोकान्तरलाई जानकारी दिए ।
बैठकले सरकारबाट बाहिरिने निर्णय लिने सम्भावना प्रबल रहेको स्रोतको दाबी छ । रास्वपा सभापति लामिछाने स्वयंले पनि त्यसको संकेत गरिसकेका छन् ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend