logo

२०८३ कार्तिक १० सोमबार

ओहोदाको प्रमाणपत्र प्रस्तुत

ओहोदाको प्रमाणपत्र प्रस्तुत


खबर सर्कल
  • बिहिबार, २३ असोज २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, २३ असोजः इराकका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा अब्दुल्लातिफ जमाल रसिदसमक्ष बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

    त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    प्रत्युत्तरमा इराकी राष्ट्रपतिले राजदूत लम्सालप्रति बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो ।

    श्री लम्साल कुवेतका लागि नेपालका आवासीय राजदूत हुनुहुन्छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend