logo

२०८३ कार्तिक १० सोमबार

बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पुर्याइयो

बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पुर्याइयो


खबर सर्कल
  • शुक्रबार, २४ असोज २०८२
  • 1.5K
    SHARES

    दमौली (तनहुँ), २४ असोज : शुक्लागण्डकी नगरपालिका–४ मा जिपको ठक्करबाट घाइते एक बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पोखरा लगिएको छ । जिपको ठक्करबाट घाइते नामथर वतन नखुलेका उनलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारपश्चात् बिहीबार हेम्जास्थित मानव सेवा आश्रम लगिएको हो ।

    शुक्लागण्डकीका युवा अभियान्ता शङ्कर पन्तको समन्वयमा उनलाई आश्रम लगिएको छ । जिपको ठक्करबाट बुधबार साँझ घाइते ती व्यक्तिलाई बुधबार नै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र भर्ना गरिएको थियो । बेबारिसे अवस्थामा सडकमा हिँडिरहने उनलाई आश्रम पुर्याइएको पन्तले जानकारी दिनुभयो ।

    पन्तले भन्नुभयो, “उहाँको नाम, ठेगाना थाहा छैन, बोल्दा पनि बोल्नुहुन्न । यत्तिकै बेबारिसे अवस्थामा छाड्नुभन्दा मानव सेवा आश्रम लैजाने निधो गरेका हौँ ।” शुक्लागण्डकी नगरपालिकाको सिफारिसपत्रसहित उनलाई आश्रमको जिम्मा लगाइएको पन्तले बताउनुभयो । नगरपालिकाले नै एम्बुलेन्सको व्यवस्था गरिदिएको थियो ।

    उक्त आश्रममा हाल एक सय ८२ जनाले आश्रय लिइरहेका छन् । त्यहाँ शारीरिक अपाङ्गता भएका, मानसिक अपाङ्गता भएका, कोही बिरामीले आश्रय लिइरहेका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend