logo

२०८३ कार्तिक १० सोमबार

मोतियाविन्दु बिरामीको निःशुल्क शल्यक्रिया

मोतियाविन्दु बिरामीको निःशुल्क शल्यक्रिया


खबर सर्कल
  • शनिबार, २५ असोज २०८२
  • 1.5K
    SHARES

    सिरहा, २५ असोज: लहान नगरपालिकाको आर्थिक र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पहिचान गरिएका ५० जना मोतियाबिन्दु बिरामीको चौधरी आँखा अस्पताल मा निःशुल्क शल्यक्रिया गरिएको छ ।

    यही असोज २२ गते राजदेवी मन्दिर प्राङ्गणमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा ३०१ जनाको आँखा जाँच गर्दा ९६ जनामा मोतियाबिन्दु फेला परेको थियो । मोतियाबिन्दु भेटिएकामध्ये पहिलो चरणमा ५० जनाको निःशुल्क शल्यक्रिया गरिएको हो । अन्य ४६ जनाको आज शल्यक्रिया गरिने वडाध्यक्ष तेज नारायण चौधरीले जानकारी दिनुभयो ।

    शल्यक्रियापछि डिस्चार्ज भएका बिरामीहरूलाई नगरप्रमुख महेशप्रसाद चौधरीले आज अस्पताल पुगी उनीहरूलाई फलफूल वितरण गर्नुभएको थियो । साथै उहाँले बिरामीहरूलाई नगर बसमार्फत आ–आफ्ना घरसम्म पु¥याउने व्यवस्था मिलाइएको बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend