इन्भेष्टिगेशन जर्नालिजम -३(नाथम)
नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानमा (नाथम) मा बि. एच. एम कोअर्डिनेटर बिनोद अर्यालले आफु बिरूद्धका प्रमाण लुकाउन र प्रष्तिठानको भ्रष्टाचारजन्य कार्य, आर्थिक बेथिति र प्रसासनीक चलखेल लुकाउन र सुचना नदिने उदेश्यले सुचना माग्न आएका पत्रकार समेतलाई आफ्नो कार्यकक्षमा छलफल गर्ने बहानामा बोलाई धाक-धम्की दिने र केहि बिधार्थीहरुलाई बिभिन्न प्रलोभन देखाई अग्रिम योजना बनाई झडप गराउन खोज्ने र डर त्रास देखाउने गरेको जानकारी स.देबकोटाले दिए।
पत्रकार देबकोटाका अनुसार राष्ट्रिय सुचना आयोगको आदेश २८/०७९/८० निर्णय नं. ९० अनुसार सुचना माग्न जाँदा उक्त प्रतिष्ठानका कर्मचारी बिनोद अर्याल ले पत्रकारलाई समेत आफु र प्रष्तिठान विरुद्ध समाचार लेखेमा कोही कसैले नछाड्ने जे पनि गर्न तयार हुने भनि तर्साउने गरेको र आफु विरुद्ध कुनै सुचना नमाग्न समेत धाक धम्की दिएको पाईन्छ।
किन सुचना लुकाउन खोज्छन् विनोद अर्याल?
१. अर्याल केही वर्षदेखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) कार्यक्रमको कोअर्डिनेटरको रूपमा रहेका छन् जुन पदीय मर्यादा क्रम बिपरित सोर्स फोर्समा राखिएको थियो।
२. कोअर्डिनेटर भएसँगै उनले बीएचएमका विद्यार्थीलाई पढाउन छोडेर नियम बिपरित एम.एच.एम का विद्यार्थीलाई पढाउँथे र नियम बिपरितनै दोहोरो सुविधा लिई कोर्ष फि लिन्थे।
३. सिलाप्रत्रका अनुसार चालु आर्थिक वर्षमा अर्यालको एकल निर्णयबाट केही विद्यार्थीलाई कन्सल्टेन्सी सग मिलेर एक जना विद्यार्थीबराबर १० लाख रुपैयाँ लिएर अमेरिका पठाउने गरेको कुरा जब विद्यार्थी अमेरिका उड्न लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता भए पछि बुझदा प्रशासनले गर्नुपर्ने सिफारिस कोअर्डिनेटरको हैसियतमा अर्यालले गरेको पाइएको थियो।
४. फ्री भिषा फ्री टिकट बिधार्थीहरू लाई बाहिर देश इन्टन पठाउने पर्नेमा कन्सल्टेन्सी मिलेर मोटो रकम लिने गरेको।
५. संगठन तालिकामा नभएको कोअर्डिनेटर पदमा प्रशासनले आफ्नो आबश्यकता अनुसार आन्तरिक प्रयोजनको निम्ति राख्न सक्ने र हटाउन सक्ने भएकोले बिधार्थीहरुलाई बिभिन्न प्रलोभन देखाई आन्दोलन गर्न लगाइ प्रशासन लाई दबाब दिई आफु फाइदा लिने गरेको।
६. आन्तरिक प्रतिस्पर्धा बाट मात्र लोक सेवाको नियम अनुसार अध्ययन सुविधा लिन पाइने ब्यबस्था छ तर अर्याल लगायत केही कर्मचारीले टिप्पणी उठाएर मात्र नियम विपरित दोहोरो सुविधा लिएको।
७. नियम बिपरित अधिक्तम मिटिङ भत्ता र सुबिधा लिएको।
८. बि. एच. एम कोअर्डिनेटर भएको फाइदा उठाउँदै नियम विपरित गाडि सुबिधा लिएको।
९. प्रशासनले दिएको सुबिधा बाहेक कागजात मिलाउदै विदेश भ्रमण गएको।
१०. बि. एच. एम पढ्ने बिधार्थीहरुलाई आफु खुशी इन्टन पठाउने र आफुखुसी प्रयोगात्मक मार्क्स दिने।
११. बिधार्थीहरुले कोअर्डिनेटर विरुद्ध आवाज उठाएमा नियम बिपरित N.Q लगाउने।
१२. प्रष्तिठानमा जानकारी नगराई नियम विपरित दोहोरो सुविधा लिन पर्यटन विभागमा कागजात मिलाई स्टार मूल्याङ्कन गर्न जाने।
१३. आफ्नो पद र जिम्मेवारी जोगाउन बिधार्थीहरु प्रयोग गरि आन्दोलन गर्न लगाउने।
१४. नियम बिपरित सेवा सुबिधा र फाइदा लिने।
प्रष्तिठानमा कार्यरत कर्मचारीहरु, बिधार्थीहरु र अनुसन्धान पत्रकारिता गर्न पत्रकारका अनुसार विनोद अर्याल ले आफ्नो पद जोगाउन, आफुसँग जोडिएको प्रमाण मेटाउन र सुचना लुकाउन सबैलाई तर्साउने गरेको र पावर, सोर्स फोर्स को भरमा दोहोरो सुविधा र फाइदा लिएको समेत पाइन्छ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend