logo

२०८३ कार्तिक १० सोमबार

राससकर्मी ढुङ्गानालाई पितृशोक

राससकर्मी ढुङ्गानालाई पितृशोक


खबर सर्कल
  • आइतबार, २६ असोज २०८२
  • 1.5K
    SHARES

    चितवन, २६ असोजः राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता नारायण ढुङ्गानालाई पितृशोक परेको छ । उहाँका ९२ वर्षीय पिता अक्षकुमार ढुङ्गानाको शनिबार साँझ कालिका नगरपालिका–८ न्यूरेनीस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ पेटसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

    उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिने नेपाल पत्रकार महासङ्घ चितवन शाखाका सचिव राजेश घिमिरेले जानकारी दिनुभयो । स्वर्गीय अक्षकुमारका श्रीमती, पाँच छोरा र छ जना छोरी हुनुहुन्छ । राससकर्मी ढुङ्गाना कान्छा सुपुत्र हुनुहुन्छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend