logo

२०८३ कार्तिक १० सोमबार

टयाक्टरको ठक्करबाट वृद्धाको मृत्यु

टयाक्टरको ठक्करबाट वृद्धाको मृत्यु


खबर सर्कल
  • सोमबार, २७ असोज २०८२
  • 1.5K
    SHARES

    कटारी (उदयपुर), २७ असोजः उदयपुरमा टयाक्टरको ठक्करबाट आज एक वृद्धाको मृत्यु भएको छ ।

    त्रियुगा नगरपालिका–२ मोथिहाईस्थित भित्री कच्ची सडकमा मधेस प्रदेश ०१–००१ त २५६४ नम्बरको टयाक्टरले ठक्करदिँदा पैदलयात्री स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    टयाक्टर चालक स्थानीय २४ वर्षीय धर्मेन्द्र राजधामी घट्नापछि फरार रहेका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । प्रहरीले टयाक्टर धनी ४० वर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend