logo

२०८३ कार्तिक १० सोमबार

बझाङमा भूकम्पको धक्का महसुस

बझाङमा भूकम्पको धक्का महसुस


खबर सर्कल
  • बुधबार, २९ असोज २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, २९ असोजः बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।

    भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको छ । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ । स्थानीय प्रहरीले भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend